कब्जियत (constipation)भनेको के हो? कब्जियतको समस्यालाई कसरी समाधान गर्ने?



कब्जियत (constipation) भनेको दिसा समयमा नहुने वा हुँदा निकै बल गर्नु पर्ने अवस्थालाई कब्जियत (constipation) भनिन्छ । सामान्यतय हप्तामा कम्तिमा ४-५ पटकसम्म दिसा हुनुलाई राम्रो मानिन्छ । तर दिनहु दिसा हुने त्यो पनि पटक पटक दिसा हुनलाई पनि कब्जियत भनिन्छ। त्यसकारण कब्जियत (Constipation) को ब्याख्या व्यक्ति अनुसार फरक पर्न सक्छ ।

गलत खानपान: जस्तै, बढी मसलायुक्त र बढी चिल्लो भएको खानेकुराको सेवन तथा पानीको कम सेवनका कारण कब्जियतको समस्या हुने गर्छ । कब्जियत भएमा पेट सफा हुँदैन र पेटको फोहर बाहिर निस्कदा मलद्वारमा पिडा हुने गर्दछ। धेरैले कब्जियतलाई सामान्य रुपम लिन्छन् तर समयमै उपचार नगरेको अवस्थामा आन्द्रा सम्बन्धी गम्भीर समस्या निम्त्याउने र पछिल्लो समयमा क्यान्सर सम्म हुन सक्ने भएकाले समयमै सर्तक हुन जरुरी छ।
कब्जियतको कारणले उच्च तथा निम्न रक्तचाप, मधुमेह, मोटोपन, ग्यास्ट्र्रिक, अल्सर, आन्द्रा तथा पेटको क्यान्सर, इरिटेबल बवेल सिन्ड्राम, एसिडीटी, एपेन्डीसाइटिस, अपच, गुदद्वार खस्नु, डकार आउनु, चाया, पोतो, डन्डीफोर, आउनु, जोर्नी दुख्नु, हड्डी खिइनु, सुन्निएर विकृत हुनु जस्ता समस्या आउन सक्छ । शरीरमा रेशेदार तथा फाइबरयुक्त खानेकुराको कमी भएमा कब्जियत हुने गर्दछ ।

त्यसैले, हामीले सेवन गर्ने खानामा यस्ता खानेकुरा सामेल गर्न जरुरी छ, जसमा भरपूर मात्रामा फाइबर पाइयोस्, विशेष रोगावस्था जस्तै आन्द्राको घाउ, ट्युमर, प्यारालाईसिस, मधुमेह, थाइराइडिजम, पराकिन्सन जस्ता समस्याबाहेक अधिकांश कब्जियतको मुख्य कारण अप्राकृतिक जीवनशैली हो।

# कब्जियत हुँदाका लक्षण

➡️दैनिक विहान दिसा सकिने/पर्ण गरी नहुन, दिसा कडा हुनु, बारंबार दिसा हुनु ।

➡️भोक नलाग्नु ।

➡️पेट भारी हुनु, पेट फुल्नु ।

➡️आलस्य, चिडचिडापन हुनु, अनिद्रा हुनु ।

➡️वाकवाक लाग्नु, छाती, घाँटी पोल्नु, आँखा पोल्नु ।

# रोकथाम

✔️ प्रशस्त पानी पिउने बानी बसाल्नु पर्दछ ।

✔️ चाउचाउ, बिस्कुट जस्ता तयारी खाना र बोतलमा पाइने चिसो पेय पदार्थको साटो उसिनेको पदार्थ, कोदो, फापर, चना भटमासजस्ता पोषिला खानाका साथै मही, महपानी या सर्बत आदि खाने बानी बसाल्नुपर्दछ ।

✔️ काम र आरामको निश्चित तालिका बनाउनुपर्छ । आराम र श्रम नियमित र सन्तुलित बनाउनुपर्दछ । निश्चित समयमा काम गर्ने, निश्चित समयमा खाने र निश्चित समयमा आराम गर्ने बानी बसाल्नुपर्दछ ।

✔️ दिसा आउँदा रोकेर राख्नु हुदैंन र दिसा लाग्ने बित्तिकै तुरुन्तै दिसा जानुपर्दछ ।

✔️ धेरै कम्मर कसिलो गरी पटुका या पेटी कस्नु हुदैंन ।

✔️ धेरै सागपात, हरिया, तरकारी सलाद, फलफूल प्रशस्त खानुपर्दछ ।

✔️ भोकै उपवास या कोची कोची धेरै खाना खाने गर्नुहुदैंन ।

✔️ तारेको, भुटेको, मसलादार खाना र माछा, मासु, अण्डाजस्ता मांसाहार त्याग्ने ।

✔️ सेतो चामलको बदला ढिकीमा कुटेको रातो चामल, मैदा बदला चोकर सहितको मोटो, पीठो, चिनीको बदला गुड खाने बानी बसाल्नुपर्दछ ।

✔️ बोक्रा फालेको सफा दालको सट्टा टुसा निकालेको या अङकुररित गरेको गेडागुडी खाने बानी बसाल्ने ।

✔️ खाना खाने बित्तिकै सुत्नु हुदैंन । खाना खाएको २।३ घण्टामा पाचन प्रक्रिया सकिएको हुन्छ र सुत्न जाने ।

✔️ मनमा कुरा खेलाउने, चिन्ता लिने, रिसाउने, डराउने, तनावको अबस्थामा आराम गर्ने ।

 👨‍⚖️👨‍⚖️👌👌 कब्जियत (constipation) समस्या जरै देखी  समाधान गर्न को लागि DXN कम्पनी को Product हरु प्रयोग गरौ ।
DXN मा जोइन हुन या कुनै पनि प्रोडक्ट चाहिएमा मलाई डाइरेक्ट मेसेज गर्नुहोस् अनि यदि नेपाल बहिरा बस्नु हुने सर/मेडमहरु जोइन भएर डिस्काउन्ट दममा प्रोडक्ट लिनुको साथै स्वस्थ सम्वृद्धि जीवन चाहनु हुन्छ भने यो लिंकमा गएर आफ्नो सबै विवरण भारेरा मेम्बेर बन्नुहोस् सबै विवरण भरिसके पछि अन्तिममा तपाईको मेम्बर नम्बर पाउनु हुनेछ नोट- तपाईको नाम जन्म मिति जिमेल आइडी अनिबार्य चाहिन्छ Website



थप जानकारी को लागि सम्पर्क: फेसबूक आईडी 
More information contact us plz thank you all.
#Contract:
Imo also can use.
Reactions